अख्तियारमा आयुक्त नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी

अख्तियारमा आयुक्त नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी : Icon Khabar

काठमाडौं, असोज २७ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त आयुक्त पदपूर्ति गर्न संवैधानिक परिषद्को बैठक बोलाउने तयारी गरेकी छन्।

जेनजी आन्दोलनको माग नै भ्रष्टाचार छानबिन नभएकाले अख्तियारमा आयुक्त पद रिक्त राख्न नसकिने प्रधानमन्त्री कार्कीले बताउने गरेकी छन्।

प्रमुख निर्वाचन आयुक्तसहित दुई पद निर्वाचन आयोगमा खाली छन् भने अख्तियारका आयुक्त किशोर सिलवालको अवकाशसँगै त्यहाँ पनि रिक्तता आउन लागेको हो।

प्रधानमन्त्री कार्कीले रिक्त स्थानहरूमा योग्य कानुन व्यवसायीलाई पठाउने विषयमा छलफल गरिरहेकी छन् । तिहारपछि संवैधानिक परिषद्को बैठक बोलाउने तयारी भएको स्रोतको दाबी छ ।

संवैधानिक आयोगमा नियुक्ति गर्न हाल सर्वसम्मति अनिवार्य छ । संविधानअनुसार सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीशको सहमति विना नियुक्ति सम्भव छैन ।

प्रतिनिधि सभा विघटित रहेकाले सिफारिस भए पनि संसदीय सुनुवाइ नहुने अवस्था छ । तर, संवैधानिक प्रावधान अनुसार ४५ दिनभित्र सुनुवाइ नभए स्वतः नियुक्ति लागू हुने व्यवस्था छ ।

Published Date: 13 October 2025






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न