सन्दीपले ५ विकेट लिँदा कतारमाथि नेपालको रोमाञ्चक जित

सन्दीप प्लेयर अफ दी म्याच

सन्दीपले ५ विकेट लिँदा कतारमाथि नेपालको रोमाञ्चक जित : Icon Khabar

काठमाडौँ, असोज २८ । ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप ‘एसिया एन्ड इस्ट एसिया प्यासिफिक’ छनोटको सुपर सिक्सअन्तर्गतको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको छ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा नेपालले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको कतारले १९.५ ओभरमा एक सय ४२ रन बनाउँदा सबै विकेट गुमायो।

कतारका लागि इमाल मालिन्दु र जुबेर अलीले अर्धसतक बनाए। इमालले ३५ बलमा ५६ तथा अलीले ५५ बलमा ५२ रन बनाए। यस्तै मुहम्मद असिमले १० रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो रन बनाउन सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए। यस्तै नन्दन यादवले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले अर्धसतक बनाए। उनले ४१ बलमा ५८ रन बनाए। यस्तै दीपेन्द्र सिंह ऐरीले २६ तथा गुल्शन झाले १६ रन बनाए। सोमपाल कामीले १४ रन बनाए। कतारका मिर्जा मोहम्मद बाग र डेनियल आर्चरले समान तीन तीन विकेट लिए।

नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो। समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो। त्यसपछि सुपर सिक्सको पहिलो खेलमा नेपालले हिजो संयुक्त अरब इमिरेट्स ९युएई०लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 October 2025
Website | + posts




ताजा
राष्ट्र बैंकले चाँदीको सिक्का बेच्दै,एक जनाले एउटा मात्रै किन्न पाइने
मंगलबार सुनको भाउ २ लाख ५० हजार नजिक पुग्यो
अनलाइन वित्तीय ठगीबाट बच्न सबैलाई राष्ट्र बैंकको आग्रह
मंगलबार का लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित