सन्दीपले ५ विकेट लिँदा कतारमाथि नेपालको रोमाञ्चक जित

सन्दीप प्लेयर अफ दी म्याच

सन्दीपले ५ विकेट लिँदा कतारमाथि नेपालको रोमाञ्चक जित : Icon Khabar

काठमाडौँ, असोज २८ । ओमानमा जारी आइसिसी पुरुष ट्वान्टी–२० विश्वकप ‘एसिया एन्ड इस्ट एसिया प्यासिफिक’ छनोटको सुपर सिक्सअन्तर्गतको खेलमा नेपालले कतारलाई ५ रनले पराजित गरेको छ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा नेपालले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको कतारले १९.५ ओभरमा एक सय ४२ रन बनाउँदा सबै विकेट गुमायो।

कतारका लागि इमाल मालिन्दु र जुबेर अलीले अर्धसतक बनाए। इमालले ३५ बलमा ५६ तथा अलीले ५५ बलमा ५२ रन बनाए। यस्तै मुहम्मद असिमले १० रन बनाए भने अन्य कुनै ब्याटरले दोहोरो रन बनाउन सकेनन्।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए। यस्तै नन्दन यादवले २ तथा दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ४७ रन बनाएको थियो।

नेपालका लागि कप्तान रोहित कुमार पौडेलले अर्धसतक बनाए। उनले ४१ बलमा ५८ रन बनाए। यस्तै दीपेन्द्र सिंह ऐरीले २६ तथा गुल्शन झाले १६ रन बनाए। सोमपाल कामीले १४ रन बनाए। कतारका मिर्जा मोहम्मद बाग र डेनियल आर्चरले समान तीन तीन विकेट लिए।

नेपालले समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्सको यात्रा तय गरेको हो। समूह चरणमा नेपालले कुवेत र जापानलाई हराएको थियो। त्यसपछि सुपर सिक्सको पहिलो खेलमा नेपालले हिजो संयुक्त अरब इमिरेट्स ९युएई०लाई एक रनले हराउँदै रोमाञ्चक जित हासिल गरेको थियो।

Published Date: 14 October 2025






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न