जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय : Icon Khabar

काठमाडौँ, असोज १९ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय गरेको छ । प्रशासनले सूचना जारी गर्दै विभिन्न ठाउँमा पहिरो पन्छाएर एकतर्फीरुपमा सवारी सञ्चालनको तयारी भइरहेकाले धादिङ, चितवन, मकवानपुर र नुवाकोट प्रशासनको सूचनाका आधारमा ती जिल्लामा आवागमन एकतर्फी रूपमा खुला गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाले मौसममा क्रमिक सुधार हुँदै गएपछि सडकमा यात्रुको चापलाई दृष्टिगत गर्दै उक्त सडकमा आवागमन एकतर्फी रुपमा खुला गर्ने निर्णय गरेको जानकारी दिए।

सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक इसारा, सङ्केत र सूचनालाई गम्भीरतापूर्वक लिई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं अनुरोध गरेको छ ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधन, काठमाडौँबाट नुवाकोटतर्फ जाने सवारीसाधन र काठमाडौँ दक्षिणकाली हुँदै हेटौंडातर्फ जाने सवारी साधानलाई पूर्णरुपमा बन्द गरिएको थियो ।

Published Date: 05 October 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने