जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय : Icon Khabar

काठमाडौँ, असोज १९ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय गरेको छ । प्रशासनले सूचना जारी गर्दै विभिन्न ठाउँमा पहिरो पन्छाएर एकतर्फीरुपमा सवारी सञ्चालनको तयारी भइरहेकाले धादिङ, चितवन, मकवानपुर र नुवाकोट प्रशासनको सूचनाका आधारमा ती जिल्लामा आवागमन एकतर्फी रूपमा खुला गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकी प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवाले मौसममा क्रमिक सुधार हुँदै गएपछि सडकमा यात्रुको चापलाई दृष्टिगत गर्दै उक्त सडकमा आवागमन एकतर्फी रुपमा खुला गर्ने निर्णय गरेको जानकारी दिए।

सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक इसारा, सङ्केत र सूचनालाई गम्भीरतापूर्वक लिई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं अनुरोध गरेको छ ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधन, काठमाडौँबाट नुवाकोटतर्फ जाने सवारीसाधन र काठमाडौँ दक्षिणकाली हुँदै हेटौंडातर्फ जाने सवारी साधानलाई पूर्णरुपमा बन्द गरिएको थियो ।

Published Date: 05 October 2025
ताजा
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
आज बिहीबारको राशिफल
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय