आजदेखि बडादशैँ प्रारम्भ, घटस्थापनाको साइत बिहान ९ः१३ बजे

आजदेखि बडादशैँ प्रारम्भ, घटस्थापनाको साइत बिहान ९ः१३ बजे : Icon Khabar

काठमाडौँ, असोज ६ । आज २०८२ असोज ६ गते सोमवार अर्थात आज असोज शुक्ल प्रतिपदा । आजदेखि यो वर्षको बडादशैँ प्रारम्भ भएको छ । आज पहिलो दिन हरेक हिन्दु धर्मावलम्बीको घर–घरमा घटस्थापना गरि बडादशैँलाई विधिवत स्वागत गरिँदैछ ।

यस वर्षको बडादशैँको पहिलो दिन अर्थात आज घटस्थापनाका दिन बिहान ९ बजेर १३ मिनेटको शुभ साइतमा घटस्थापना गर्नु उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

आज घटस्थापनाको दिन बिहान ९ बजेर १३ मिनेटको शुभ मुहूर्तमा स्थापना गरिएको कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आह्वा गरी नवरात्र भरी माता दुर्गाजीको भिन्नभिन्न स्वरूपको पूजा अर्चना गर्ने गरिन्छ ।

घटस्थापनाको दिन शुभ साइत बिहानै भए पनि श्रद्धा एवं भक्तिले दिन भरि नै आफ्नो कुलाचार र परम्परा अनुसार घटस्थापना गरी जमरा राख्न सकिने समितिले जनाएको छ ।

विजया दशमीको दिन टीका लगाएर गूहण गरिने जमारा आज घटस्थानको दिन छर्ने कार्य गरिँदैछ छ । जमरा अर्थात अर्थात् जौको जीवन । जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ । त्यसपछि नवरात्रि भरि नै हरेक दिन पूजा–अर्चना गरिन्छ । जमरामा जौको अङ्कुरण भए तापनि बडादर्शैको जमरामा जौ लगायत धान, मकै र गहुँका पहेँला, हरिया अङ्कुरित बालाहरू समावेश हुन्छ ।

योसंगै आजदेखि नवरात्रिको पनि विधिवत सुरुवात भएको छ । अबका नौ दिनसम्म हरेक बिहान देशका सम्पूर्ण नवदुर्गा भगवतीका शक्ति पीठहरूमा श्रद्धालुहरूको भीडभाड हुन्छ । बिहान बिहान जमराको पूजा–पाठ गर्ने गर्नुपर्छ । अनि दशमीका दिन चामल, रातो अबिर, दही, केरा मिश्रित अक्षता टीकाले निधार भरेर जमरा ग्रहण गरी आफ्ना मान्यजनहरूबाट प्राप्त आशिष सँगै जीवनमा खुसीयाली प्राप्त गरिन्छ ।

यो वर्ष दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । टीका लगाउँदा लगाउनेले पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ ।

Published Date: 22 September 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी