भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल

भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल : Icon Khabar

काठमाडौँ, साउन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकस्थित जगातीमा ५० हजार दर्शक क्षमता भएको आधुनिक रंगशाला निर्माणका लागि सरोकारवालाहरुसँग छलफल गरेका छन्।

सोमबार प्रधानमन्त्री ओलीले सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघका पदाधिकारीसँग यसबारेमा छलफल गरेका छन्।

छलफलमा जग्गा प्राप्ति र अन्य आवश्यक तयारीबारे महत्त्वपूर्ण कुराकानी भएको प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालमार्फत जानकारी दिइएको छ ।

दशरथ रंगशाला अब नेपालका खेलकुद आवश्यकताका लागि पर्याप्त नभएकाले नयाँ रंगशाला निर्माण आवश्यक भएको बताइएको छ।

यसअघि प्रधानमन्त्री ओलीले केही दिनअघि एक कार्यक्रममा बोल्दै भक्तपुरको जगातीमा रंगशाला निर्माण गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 July 2025
Website | + posts