एसिसी पुरुष यु-१६ : आज नेपाल र जापान भिड्दै

एसिसी पुरुष यु-१६ : आज नेपाल र जापान भिड्दै : Icon Khabar

काठमाडौँ, असार १० । नेपालले मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा आज (मंगलबार) जापानसँग खेल्दैछ। नेपाल लगातार दोस्रो जितको लक्ष्यमा रहेको छ। खेल कोजल टुन्कु जाफर ओभलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ।

नेपाल र जापानले आफ्नो दोस्रो खेल खेल्दै छन्। नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो। जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरमा हराएको थियो । विपिनप्रसाद शर्माको कप्तानीमा रहेको नेपाल प्रसिद्ध जैसी, रौनक श्रीवास्तव, सचिन भट्ट जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ।

सिंगापुरविरुद्ध विपिनले चार विकेट लिँदा प्रसिद्धले अविजित ५५ रन बनाएका थिए। यता चार्ली हाराहिन्जेको कप्तानीमा रहेको जापान पनि लगातार दोस्रो जितको लक्ष्यमा छ। जापानले पहिलो खेलमा भुटानविरुद्ध २१५ रनको सानदार जित दर्ता गरेको थियो । जापानलाई काइसी काबायाशीडोगेट, मोन्टी हाराहिन्जे, इशान लालजस्ता खेलाडीका साथ मैदान उत्रिने छ। भुटानविरुद्ध काइसीले शतक प्रहार गरेका थिए। यसैगरी चार्लीले ४२ रन बनाउनुका साथै चार विकेट पनि लिएका थिए।

Published Date: 24 June 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी