युनाइटेडको सहज जितमा फर्नान्डेजको उच्च प्रदर्शन

युनाइटेडको सहज जितमा फर्नान्डेजको उच्च प्रदर्शन : Icon Khabar

काठमाडौं, चैत ४ । कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ ।

फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ।

युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष डिभिजनमा बसिरहने आशालाई थप कमजोर बनायो।

होयलुन्डले डिसेम्बरपछि पहिलो पटक कुनै प्रतियोगितामा गोल गर्दै २८औं मिनेटमा युनाइटेडलाई अघि बढाए।

गार्नाचोले ६७ औं मिनेटमा गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनायो। अन्तिम मिनेटमा फर्नान्डेजले गोल गरेपछि युनाइटेडको जित सहज बन्यो ।

जितसँगै युनाइटेड २९ खेलमा ३७ अंक जोडेर १३औं स्थान उक्लिएको छ । ७० अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । लेस्टर १७ अंकका साथ पुछारबाट दोस्रोमा छ ।–एजेन्सी

Published Date: 17 March 2025


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी