युनाइटेडको सहज जितमा फर्नान्डेजको उच्च प्रदर्शन

युनाइटेडको सहज जितमा फर्नान्डेजको उच्च प्रदर्शन : Icon Khabar

काठमाडौं, चैत ४ । कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ ।

फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ।

युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष डिभिजनमा बसिरहने आशालाई थप कमजोर बनायो।

होयलुन्डले डिसेम्बरपछि पहिलो पटक कुनै प्रतियोगितामा गोल गर्दै २८औं मिनेटमा युनाइटेडलाई अघि बढाए।

गार्नाचोले ६७ औं मिनेटमा गोल गरेपछि युनाइटेडले अग्रता दोब्बर बनायो। अन्तिम मिनेटमा फर्नान्डेजले गोल गरेपछि युनाइटेडको जित सहज बन्यो ।

जितसँगै युनाइटेड २९ खेलमा ३७ अंक जोडेर १३औं स्थान उक्लिएको छ । ७० अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । लेस्टर १७ अंकका साथ पुछारबाट दोस्रोमा छ ।–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2025
Website | + posts




ताजा
अनलाइन सञ्चारमाध्यमको नवीकरण र नयाँ दर्ताका सम्बन्धमा निष्कर्षमा पुग्न सरकारलाई महांसघको आग्रह
९० रुपैयाँ भन्दा बढी लिएर सिमकार्ड बेचे गैरकानुनी कार्य हुने
बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढ्यो
पेट दुखेपछि अस्पताल पुर्‍याइएकी नाबालिकाले बच्चा जन्माएपछि बलात्कारको घटना सार्वजनिक




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण