आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा

आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा : Icon Khabar

काठमाडौं, माघ २१ । आज माघ शुक्ल पञ्चर्मी अर्थात वसन्त पञ्चमी । आजको दिनलाई सरस्वती पूजाको रुपमा समेत धूमधामका साथ मनाइन्छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी अर्थात सरस्वती पूजा आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।

यो वर्षको वसन्त पञ्चमीका दिन आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ०७ः५५ बजे हनुमान ढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ ।

आजको दिन काठमाडौं उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नील सरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्छ । यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने श्री पञ्चमी पर्व अर्थात आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गर्दै मनाइँदैछ ।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले समेत पुकार्छन् ।

Published Date: 03 February 2025


ताजा
संगीत रोयल्टी विवादमा रेडियोलाई सर्वोच्चको राहत, एफएम सञ्चालक र रेडियोकर्मीमाथि धरपकडमा रोक
अभिनेता प्रदीप रावतको निधनले नेपाली फिल्म उद्योग पनि शोकमा
बुधबार नेप्से परिसूचक ४.७९ अंकले बढ्यो
नेपालजस्तो देशमा हप्ताको दुई दिन बिदा कति व्यवहारिक ?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु