आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा

आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा : Icon Khabar

काठमाडौं, माघ २१ । आज माघ शुक्ल पञ्चर्मी अर्थात वसन्त पञ्चमी । आजको दिनलाई सरस्वती पूजाको रुपमा समेत धूमधामका साथ मनाइन्छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी अर्थात सरस्वती पूजा आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा-आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ ।

यो वर्षको वसन्त पञ्चमीका दिन आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ०७ः५५ बजे हनुमान ढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ ।

आजको दिन काठमाडौं उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नील सरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्छ । यसैगरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने श्री पञ्चमी पर्व अर्थात आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गर्दै मनाइँदैछ ।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले समेत पुकार्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 February 2025
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन