त्रिकोणात्मक टी–२० आजदेखि : उद्घाटन खेलमा नेपाल र नेदरल्याण्ड्स भिड्दै

त्रिकोणात्मक टी–२० आजदेखि : उद्घाटन खेलमा नेपाल र नेदरल्याण्ड्स भिड्दै : Icon Khabar

काठमाडौं, माघ १७ । आज (बिहीबार) देखि सुरु हुने त्रिकोणात्मक टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग भिड्ने भएको छ । खेल अपराह्न १२ः१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

आजदेखि सुरु भएर माघ २५ गतेसम्म सञ्चालन हुने श्रृङ्खलाका सबै खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् । यस शृङ्खलामा नेपाल, नेदरल्याण्ड्ससँगै थाइल्याण्ड पनि छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० श्रृङ्खलाको पूर्व सन्ध्यामा बुधबार ट्रफी सार्वजनिक गरेको थियो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्याण्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेका थिए ।

कप्तान बर्माले यो शृङ्खला आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गरेकी छिन् । यस्तै, नेदरल्याण्ड्सकी कप्तान बाबेट डे लिडे र थाइल्याण्डकी कप्तान नारुमोल चाइवाईले पनि श्रृङ्खलाको उपाधि आफ्नो टिमले हात पार्ने दाबी गरेका छन् ।

श्रृङ्खलाका लागि नेपाली टोलीमा बर्माको कप्तानीमा रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन् ।

Published Date: 30 January 2025
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता