दशैंमा उपभोग गर्न लागेको मासु स्वस्थ छ त ? यसरि थाहा पाउनुस

दशैंमा उपभोग गर्न लागेको मासु स्वस्थ छ त ? यसरि थाहा पाउनुस : Icon Khabar

काठमाडौँ, असोज २३ । आफ्नो स्वास्थ्यको हिसाबले सोच्ने हो भने सफा र ताजा मासु खान निकै नै जरुरि छ। दशैँ नजिकिंदै छ। दशैमा मासुको उपभोग हामी धेरै नै गर्छौँ। त्यसैले यो चाडमा पनि स्वस्थ र सफा मासु उपभोग गर्न अतिनै आवश्यक छ।

उपभोक्ताले स्वस्थ मासुका लागि विभिन्न कुरामा ध्यान राख्नुपर्छ।

रङ: ताजा मासु गाढा प्राकृतिक रङको हुनुपर्छ । उदाहरणका लागि राँगा वा खसीको मासु, सुँगुरको मासु र कुखुराको मासु क्रमशः सामान्यतया गाढा रातो, गुलाबी र सेतो रङको हुन्छन् । यद्यपि मासुको रङ रातोको साटो हल्का बैजनी भएमा, अक्सिजनको सम्पर्कमा आएको भन्ने बुझिन्छ । तर यो खतरनाक वा हानिकारक भने हुँदैन ।

गन्ध: यो मासुको ताजापन जाँच गर्ने सबैभन्दा सजिलो तरिका मानिन्छ । ताजा मासुमा कुनै पनि प्रकारको गन्ध हुँदैन । विशेषगरी अनौठो प्रकारको गन्ध त झनै हुँदैन । अनौठो गन्धमा प्रायजसो अमिलो, ब्लिच, अमोनिया वा माछाको जस्तो गन्ध हुनसक्छ ।

स्पर्श: स्पर्श गरेर पनि मासुको गुणस्तर थाहा पाउन सकिन्छ । ताजा मासु छुँदा कडा हुन्छ । मासु ताजा छ कि छैन भनेर औंलाले मासुलाई बिस्तारै थिच्नुपर्छ । यदि मासु ताजा छ भने एकैछिनपछि मासु पुरानै आकारमा फर्किन्छ, मासुमा औंलाको डाम बस्दैन । ताजा मासु होइन भने यसमा औंलाको छाप बस्छ । यदि मासु छुँदा चिप्लो महसुस हुन्छ भने मासु कुहिएको संकेत हो ।

अत्यधिक ‘ड्रप लसको’ जाँच: ड्रप लस भनेको भण्डारण र ह्यान्डलिङको क्रममा गुरुत्वाकर्षणको कारण मासुबाट निस्किएको तरल पादर्थलाई बुझाउँछ । यदि मासुको ड्रप लस अत्यधिक छ भने मासु ताजा छैन भन्ने कुराको संकेत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 October 2024
Website | + posts








ताजा
असार सकिनै लाग्दा देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ
भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा प्रजिअ पाण्डेको स्वागत
चाँगुनारायणमा जनप्रतिनिधिका तीन वर्ष : विकास र उपलब्धिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?