युरोकप : क्वार्टर फाइनलका खेल आजबाट, जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै

युरोकप : क्वार्टर फाइनलका खेल आजबाट, जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै : Icon Khabar

काठमाडौं, असार २१ । जारी युरोकपमा आज (शुक्रबार) देखि क्वार्टर फाइनलका खेलहरु सुरु हुँदैछन् । आज क्वार्टर फाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि सुरु हुँदैछ ।

स्पेनले राउण्ड १६ मा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेर क्वार्टर फाइनलमा पुगेको हो । त्यसैगरी, जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २–० ले पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो । यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।

यस्तै दोस्रो क्वाटरफाइनलमा पोर्चुगल र फ्रान्सबीच खेल हुनेछ । यो खेल पनि दुई पूर्व विजेता बीचको प्रतिस्पर्धा हुनेछ । फ्रान्सले सन् १९८४ र २००० मा उपाधि जितेको थियो । पोर्चुगलले भने सन् २०१६ मा फ्रान्समै भएको युरोमा फ्रान्सलाई हराएर पहिलो पटक उपाधि जितेको थियो ।

यस पटक फ्रान्सले सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन । यस्तै पोर्चुगलले पनि औसत प्रदर्शन गरिरहेको छ ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सम्भवत आफ्नो अन्तिम युरो खेलिरहेका छन् । युरोमा सर्वाधिक खेल खेल्ने र गोल गर्ने कीर्तिमान बनाएका रोनाल्डोले यस पटक भने अपेक्षा अनुसार खेल्न सकेका छैनन् ।

उता फ्रान्सका कप्तान केलिएन एमबाप्पेको प्रदर्शन पनि अपेक्षा अनुसार हुन सकेको छैन । दुवै टोलीमा राम्रा खेलाडी भए पनि मैदानमा त्यो प्रदर्शन देखिएको छैन ।

Published Date: 05 July 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग