युरोकप : क्वार्टर फाइनलका खेल आजबाट, जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै

युरोकप : क्वार्टर फाइनलका खेल आजबाट, जर्मनी र स्पेन तथा पोर्चुगल र फ्रान्स भिड्दै : Icon Khabar

काठमाडौं, असार २१ । जारी युरोकपमा आज (शुक्रबार) देखि क्वार्टर फाइनलका खेलहरु सुरु हुँदैछन् । आज क्वार्टर फाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार राति ९ः४५ बजेदेखि सुरु हुँदैछ ।

स्पेनले राउण्ड १६ मा जर्जियालाई ४–१ गोल अन्तरले पराजित गरेर क्वार्टर फाइनलमा पुगेको हो । त्यसैगरी, जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २–० ले पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो । यस युरोकपका प्रमुख दाबेदार मानिएका स्पेन र जर्मनीको यो भिडन्त निकै रोचक हुने देखिएको छ ।

यस्तै दोस्रो क्वाटरफाइनलमा पोर्चुगल र फ्रान्सबीच खेल हुनेछ । यो खेल पनि दुई पूर्व विजेता बीचको प्रतिस्पर्धा हुनेछ । फ्रान्सले सन् १९८४ र २००० मा उपाधि जितेको थियो । पोर्चुगलले भने सन् २०१६ मा फ्रान्समै भएको युरोमा फ्रान्सलाई हराएर पहिलो पटक उपाधि जितेको थियो ।

यस पटक फ्रान्सले सोचे अनुसारको प्रदर्शन गर्न सकेको छैन । यस्तै पोर्चुगलले पनि औसत प्रदर्शन गरिरहेको छ ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सम्भवत आफ्नो अन्तिम युरो खेलिरहेका छन् । युरोमा सर्वाधिक खेल खेल्ने र गोल गर्ने कीर्तिमान बनाएका रोनाल्डोले यस पटक भने अपेक्षा अनुसार खेल्न सकेका छैनन् ।

उता फ्रान्सका कप्तान केलिएन एमबाप्पेको प्रदर्शन पनि अपेक्षा अनुसार हुन सकेको छैन । दुवै टोलीमा राम्रा खेलाडी भए पनि मैदानमा त्यो प्रदर्शन देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
Published Date: 05 July 2024
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित