मलाई मन नपरेसम्म फिल्म रिलिज गर्दिनँः निश्चल बस्नेत

मलाई मन नपरेसम्म फिल्म रिलिज गर्दिनँः निश्चल बस्नेत : Icon Khabar

काठमाडौँ, माघ २८ । निर्देशक निश्चल बस्नेतले आफूलाई जबसम्म चित्त बुझ्दैन, तबसम्म आफू निर्देशित फिल्म हलमा नल्याउने बताएका छन् ।

शनिबार बेलुकी फिल्म ‘हात्तीछाप’ हेर्न हलमा पुगेका निश्चलले मिडियासँग कुराकानी गर्दै भने–‘म आफूलाई नै चित्त नवुझेसम्म फिल्म रिलिज गर्दै गर्दिनँ । यसैले, केही नयाँ कुरा त फिल्ममा हुनुपर्छ नै भन्ने मेरो मान्यता छ ।’

निश्चल एक्सन जनराको फिल्म निर्देशन गर्ने तयारीमा छन् । तपाइको एक्सन फिल्म कस्तो बन्छ त भन्ने प्रश्नमा निश्चलले भने–‘मुख्यकुरा त मलाई अहिले लगानी गर्नेहरूलाई नै विश्वास दिलाउन गाह्रो परिरहेको छ । केही नयाँ कुरा सोचेर नै मैले एक्सन फिल्म बनाउने तयारी गरेको हुँ । त्यो मेरो दिमागमा छ ।’

निश्चलले नेपाली फिल्म राजनीतिको वरिपरि घुम्नुको पछाडि देशको अवस्था रहेको बताए । उनले भने–‘मैले दिमाग खराबलाई राजनीतिक फिल्म भनेर बनाएको नै होइन । अहिले पनि म त्यो फिल्म राजनीतिक फिल्म हो भन्दिनँ । किनकी, यसले एक सामान्य युवाको विद्रोहको कथा भनेको हो । जबसम्म देशको राजनीति सही बाटोमा हिँड्दैन, हरेक नेपाली फिल्मको कथाले यसलाई कतै न कतैबाट छोएको नै हुन्छ । चाहे त्यो एक्सन फिल्म होस् या सामाजिक ।’

निश्चलले फिल्म ‘हात्तीछाप’ले आफूलाई मनोरञ्जन दिएको पनि बताए । फिल्मको बारेमा उनले भने–‘यो फिल्मको धेरै दृश्यमा मलाई रमाइलो लाग्यो । फिल्म अझै राम्रो बनाउन सकिन्थ्यो । यो कुरा मैले निर्देशक सिमोस सुनुवारलाई पनि भने । तर, फिल्म हेरुञ्जेल रमाइलो लाग्छ ।’

Published Date: 11 February 2024
ताजा
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय