सुनको मूल्यमा वृद्धि, चाँदीको घट्यो

सुनको मूल्यमा वृद्धि, चाँदीको घट्यो : Icon Khabar

काठमाडौँ, माघ ७ । साताको पहिलो कारोबार दिन सुनकाे मूल्यमा वृद्धि हुदाँ चाँदी मूल्यमा संकुचन आएको छ । यस दिन सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर एक हजार ९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 January 2024
Website | + posts