सुनको मूल्यमा वृद्धि, चाँदीको घट्यो

सुनको मूल्यमा वृद्धि, चाँदीको घट्यो : Icon Khabar

काठमाडौँ, माघ ७ । साताको पहिलो कारोबार दिन सुनकाे मूल्यमा वृद्धि हुदाँ चाँदी मूल्यमा संकुचन आएको छ । यस दिन सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर एक हजार ९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Published Date: 21 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास