नेपाल सुपर लिगको फाइनल पुग्न आज ललितपुर र पोखरा भिड्दै

नेपाल सुपर लिगको फाइनल पुग्न आज ललितपुर र पोखरा भिड्दै : Icon Khabar

काठमाडौँ, पुस १२ ।  नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज (बिहीबार) ललितपुर सिटी एफसी र पोखरा थन्डर्स भिड्दै छन् । दोस्रो क्वालिफायरको खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।

आजको विजेता टोलीले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि पर्सी शनिवार खेल्ने छ । अस्ती मङ्गलवार भएको इलिमिनेटरमा काठमाण्डौ रेजर्सलाई ३–० गोलले हराउँदै ललितपुर फाइनल नजिक पुगेको हो । पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । उसले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

यसैबीच दोस्रो संस्करणको एनएसएलमा उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । यस्तै, उपविजेताले २० लाख रुपैयाँ पाउने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । यसअघि एनएसएलको पहिलो संस्करणमा विजेता टिम काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पाएको थियो । त्यस्तै उपविजेता टिम धनगढी एफसीले १५ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

यस पटक मस्ट भ्यालुएबल प्लेयरले गोल्डेन बलसहित २ लाख रुपैयाँ पाउने पनि कम्पनीले विज्ञप्तिमा जनाएको छ । त्यस्तै सर्वाधिक गोलकर्ताले गोल्डेनबुटसहित १ लाख रुपैयाँ पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स र १ लाख तथा उदीयमान खेलाडीले १ लाख रुपैयाँ पाउने छन् ।

Published Date: 28 December 2023


ताजा
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल
ग्यासमा कृत्रिम अभाव र कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु