नेपाल सुपर लिगको फाइनल पुग्न आज ललितपुर र पोखरा भिड्दै

नेपाल सुपर लिगको फाइनल पुग्न आज ललितपुर र पोखरा भिड्दै : Icon Khabar

काठमाडौँ, पुस १२ ।  नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज (बिहीबार) ललितपुर सिटी एफसी र पोखरा थन्डर्स भिड्दै छन् । दोस्रो क्वालिफायरको खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।

आजको विजेता टोलीले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि पर्सी शनिवार खेल्ने छ । अस्ती मङ्गलवार भएको इलिमिनेटरमा काठमाण्डौ रेजर्सलाई ३–० गोलले हराउँदै ललितपुर फाइनल नजिक पुगेको हो । पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । उसले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

यसैबीच दोस्रो संस्करणको एनएसएलमा उपाधि विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । यस्तै, उपविजेताले २० लाख रुपैयाँ पाउने नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । यसअघि एनएसएलको पहिलो संस्करणमा विजेता टिम काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पाएको थियो । त्यस्तै उपविजेता टिम धनगढी एफसीले १५ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

यस पटक मस्ट भ्यालुएबल प्लेयरले गोल्डेन बलसहित २ लाख रुपैयाँ पाउने पनि कम्पनीले विज्ञप्तिमा जनाएको छ । त्यस्तै सर्वाधिक गोलकर्ताले गोल्डेनबुटसहित १ लाख रुपैयाँ पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स र १ लाख तथा उदीयमान खेलाडीले १ लाख रुपैयाँ पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 December 2023
Website | + posts




ताजा
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर
आज पनि सुनको भाउ प्रतितोला ७ हजार १ सय रुपैयाँले बढ्यो
टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित