दिउँसै सुनको सिक्री जबरजस्ती लुटपाट गर्ने चार जना पक्राउ

दिउँसै सुनको सिक्री जबरजस्ती लुटपाट गर्ने चार जना पक्राउ : Icon Khabar

काठमाडौं, असोज २ । काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा मङ्गलबार दिउँसो दुई तोला बराबरको सुनको लकेटसहितको सिक्री जबरजस्ती लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार दिउँसो अप्सरा श्रेष्ठको घाँटीमा लगाइ राखेको अन्दाजी दुई तोला बराबरको सुनको लकेटसहितको सिक्री जबरजस्ती लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा काठमाडौँका ४४ वर्षीय सुरज गुरुङ, पर्सा घर भई क्षेत्रपार्टी बस्ने ४८ वर्षीय अनवर हुसेन अन्सारी, भारत घर भई काठमाडौँ बस्ने ४७ वर्षीय शक्ति भौमिक र भारत घर भई काठमाडौँ प्यूखाचोक बस्ने ३० वर्षीय सचिन गाड्वे रहेका छन् ।

प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसिका सामानहरूसहित उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको जनाएको छ ।

Published Date: 19 September 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने