दिउँसै सुनको सिक्री जबरजस्ती लुटपाट गर्ने चार जना पक्राउ

दिउँसै सुनको सिक्री जबरजस्ती लुटपाट गर्ने चार जना पक्राउ : Icon Khabar

काठमाडौं, असोज २ । काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरमा मङ्गलबार दिउँसो दुई तोला बराबरको सुनको लकेटसहितको सिक्री जबरजस्ती लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मङ्गलबार दिउँसो अप्सरा श्रेष्ठको घाँटीमा लगाइ राखेको अन्दाजी दुई तोला बराबरको सुनको लकेटसहितको सिक्री जबरजस्ती लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा काठमाडौँका ४४ वर्षीय सुरज गुरुङ, पर्सा घर भई क्षेत्रपार्टी बस्ने ४८ वर्षीय अनवर हुसेन अन्सारी, भारत घर भई काठमाडौँ बस्ने ४७ वर्षीय शक्ति भौमिक र भारत घर भई काठमाडौँ प्यूखाचोक बस्ने ३० वर्षीय सचिन गाड्वे रहेका छन् ।

प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसिका सामानहरूसहित उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 September 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता