चीनको हाङझावमा हुने एसियाली खेलकुदमा सहभागी हुने जुडो खेलाडीलाई बिदाइ

चीनको हाङझावमा हुने एसियाली खेलकुदमा सहभागी हुने जुडो खेलाडीलाई बिदाइ : Icon Khabar

काठमाडौं, असोज २ । महेन्द्र रत्न क्याम्पसले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने आफ्ना ३ विद्यार्थी खेलाडीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेको छ । त्यहाँ स्नातक तह प्रथम वर्षमा अध्ययनरत ३ जुडो खेलाडीलाई सफलताको शुभकामना दिदै क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहाल र स्वास्थ्य शारीरिक शिक्षा विषय शिक्षक कोपिलकुमार थापालगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ५२ केजीमुनि दवकीमाया श्रेष्ठले हाङझाव एसियाडमा प्रतिस्पर्धा गर्ने छन् । तीनै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् । इन्द्र र देवकी सहोदर दाजुबहिनी हुन् । उनीहरुसहित ८ जुडो खेलाडीले हाङझाव एसियाडमा प्रतिस्पर्धा गर्दै छन् ।

सोही अवसरमा पामका प्रशिक्षक सूर्यनारायण श्रेष्ठलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । पाममा ३१ जना आश्रित छन् । प्रशिक्षक श्रेष्ठका अनुसार सबै जुडो खेल्छन् ।

Published Date: 19 September 2023


ताजा
मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढ्यो
कृष्णभीर पहिरो : पृथ्वीराजमार्ग खुल्न १५ दिन लाग्ने
रसुवागढी नाका बन्द भएपछि कोरला नाकामा बढ्यो व्यापारिक चाप
प्रतिनिधि सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने


ट्रेन्डिङ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क