चीनको हाङझावमा हुने एसियाली खेलकुदमा सहभागी हुने जुडो खेलाडीलाई बिदाइ

चीनको हाङझावमा हुने एसियाली खेलकुदमा सहभागी हुने जुडो खेलाडीलाई बिदाइ : Icon Khabar

काठमाडौं, असोज २ । महेन्द्र रत्न क्याम्पसले चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने आफ्ना ३ विद्यार्थी खेलाडीलाई मंगलबार एक कार्यक्रमबीच बिदाइ गरेको छ । त्यहाँ स्नातक तह प्रथम वर्षमा अध्ययनरत ३ जुडो खेलाडीलाई सफलताको शुभकामना दिदै क्याम्पस प्रमुख गेहेन्द्रप्रसाद दाहाल र स्वास्थ्य शारीरिक शिक्षा विषय शिक्षक कोपिलकुमार थापालगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।

पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ तथा महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ५२ केजीमुनि दवकीमाया श्रेष्ठले हाङझाव एसियाडमा प्रतिस्पर्धा गर्ने छन् । तीनै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन् । इन्द्र र देवकी सहोदर दाजुबहिनी हुन् । उनीहरुसहित ८ जुडो खेलाडीले हाङझाव एसियाडमा प्रतिस्पर्धा गर्दै छन् ।

सोही अवसरमा पामका प्रशिक्षक सूर्यनारायण श्रेष्ठलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । पाममा ३१ जना आश्रित छन् । प्रशिक्षक श्रेष्ठका अनुसार सबै जुडो खेल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 September 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता