काठमाडौं, भदौ २१ । बाढी–पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा २१ हजार डोज हैजाविरुद्धको खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार रसुवा पठाइएको हो।
प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, स्वास्थ्य सामग्री र आवश्यक स्वास्थ्य सेवा परिचालन गर्नुका साथै रोग निगरानी र सुरक्षित खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
Published Date: 06 September 2026