तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प

तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प : Icon Khabar

दोलखा, साउन ७ । तामाकोशी नदीमा आएको भीषण बाढीले दोलखाको किर्नेटार क्षेत्रमा पुष्पलाल (मध्यपहाडी) राजमार्गको सडक बगाएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार मध्यराति आएको बाढीले सडकको महत्वपूर्ण खण्ड कटान गरेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो।

बीपी राजमार्गको प्रमुख वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको पुष्पलाल राजमार्ग बन्द भएपछि दोलखाबाट तराई तथा कोशी प्रदेशका विभिन्न जिल्लातर्फ जाने सवारीसाधन बीच बाटोमै रोकिएका छन्। त्यस्तै, सिन्धुली र रामेछाप हुँदै दोलखा आउने यातायात सेवा पनि प्रभावित बनेको छ। राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन् भने मालवाहक सवारीसाधनको आवागमनसमेत रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी मनोज लामाका अनुसार तामाकोशी नदीको बाढीले किर्नेटार खण्डमा सडक बगाएपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको हो। सडक पुनः सञ्चालनका लागि स्थानीय तह, सडक विभाग, खिम्ती जलविद्युत् आयोजना, वडा प्रतिनिधि तथा सुरक्षा निकायबीच समन्वय गरी आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको उनले जानकारी दिए।

उनका अनुसार प्रभावित क्षेत्रमा वैकल्पिक मार्ग सञ्चालन गर्ने तथा क्षतिग्रस्त सडकको मर्मत गरी यथाशीघ्र यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। तर, निरन्तर वर्षा र बाढीको अवस्थाका कारण सडक खुल्न अझ केही समय लाग्न सक्ने अनुमान गरिएको छ।

प्रहरीले अत्यावश्यक कामबाहेक उक्त मार्गमा यात्रा नगर्न तथा यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Published Date: 23 July 2026
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय