आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?

आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ? : Icon Khabar

काठमाडौँ, साउन ७ । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको मूल्य पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँले महङ्गिएको छ । यो वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ७४० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ र १० ग्रामको २ लाख ४९ हजार ४८५ रुपैयाँ रहेको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५०५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४८० रुपैयाँ थियो। अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले वृद्धि भएको छ।

Published Date: 23 July 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने