मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन ५ । मंगलबार  नेप्से ७.२५ अंकले बढेर २ हजार ७२६.४९ विन्दुमा कायम भएको छ ।

आज सेयरबजारमा ३४३ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १०३ कम्पनीका सेयर मूल्य बढेका छन् । बाँकी १६२ कम्पनीका सेयरमूल्यमा गिरावट आउँदा १२ कम्पनीका सेयरमूल्य भने स्थिर रहे । आज कुल १ करोड ४९ लाख २४ हजार ३०२ कित्ता सेयर ६ अर्ब ६७ करोड १० लाख १८ हजार रुपैयाँमा किनबेच भएका छन् ।

कारोबार रकम सोमबारको तुलनामा २१ प्रतिशतको वृद्धि हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये वाणिज्य बैंक, लगानी, उत्पादनशील तथा प्रशोधन, व्यापार तथा अन्य समूहका परिसूचक बढेका छन् । विकास बैंक, वित्त, होटेल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड तथा निर्जीवन बीमा समूहका परिसूचक भने ओरालो लागेका छन् ।

एभरेष्ट कलर लिमिटेड, कालङ्गा हाइड्रो तथा बोटलर्स (बालाजु) नेपालका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने नविल बैंकको डिवेञ्चरमा लगानीकर्ता, एनआईविएल ग्रोथ फण्ड तथा कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनी रहेका छन् ।

Published Date: 21 July 2026


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?