कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला : Icon Khabar

काठमाडौं, साउन ५ । कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवदन आह्वान गरेको हो ।

नेपाल र कोरियाबीच भएको समझदारीपत्र अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले ७ हजार २ सय कोटाका लागि आवेदन आह्वान गरेको हो ।

एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ सय जना र वन क्षेत्रका लागि १ सय जनाको माग आएको हो । सोही आधारमा ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो ।

आवेदन अनलाइनमार्फत २७ जुलाई, २०२६ देखि २ अगष्टसम्म दिन सकिनेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरिया गई गैर कानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नभएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको र कोरियामा ई–९ वा ई १० भिसामा ५ वर्ष वा सो भन्दा बढी नबसेको हुनुपर्नेछ ।

पहिलो चरणको भाषा परीक्षाको नतिजा आएपछि अर्को चरणको परीक्षा हुनेछ । परीक्षाका लागि २८ डलर शुल्क तिर्नुपर्नेछ । अन्तिम परीक्षामा पास भएका उम्मेद्वारको वैधता नतिजा प्रकाशन भएको मितिले २ वर्षसम्म हुने जनाइएको छ । कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको सुनिश्चिता नभएको प्रष्ट पारेको छ ।

Published Date: 21 July 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड