आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन ३ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनचाँदी दुवैको मूल्य बढेको छ। सुनको भाउ एकैदिन प्रतितोला १ हजार ९०० रुपैयाँले उकालो लागेको हो।
शुक्रबार प्रतितोला २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबारका लागि बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। शुक्रबार प्रतितोला ४ हजार २०० रुपैयाँ रहेको चाँदी आइतबार ४० रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा देखिएको उतारचढाव तथा त्यसको प्रभावका कारण नेपाली बजारमा पनि मूल्य बढेको हो। सुनको भाउ पुनः उकालो लागेसँगै गरगहना खरिद गर्ने उपभोक्ताको लागत थप बढेको छ।

Published Date: 19 July 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड