सोमबार नेप्से परिसूचक २०.२७ अंकले घट्यो

सोमबार नेप्से परिसूचक २०.२७ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ २५ । सेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २०.२७ अंकले घटेर २ हजार ७ सय ३५.१४ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३५६ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ४१ कम्पनीका सेयरमूल्य बढेका छन् भने २२३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल ९२ लाख १९ हजार ९२२ कित्ता सेयर ४ अर्ब ७ करोड ४७ लाख ६६ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम गत शुक्रबारको तुलनामा २७ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये वित्त समूहको परिसूचक मात्रै सकारात्मक रहेको छ । अरु बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् ।

सबैभन्दा धेरै व्यापार समूहको परिसूचक १.७७ प्रतिशतले घटेको छ । कालिञ्चोक हाइड्रोपावर लिमिटेड, क्रेष्ट माइक्रो लाईफ इन्सुरेन्स तथा सोपान फर्मास्युटिकल्स् लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने उपकार लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर लिमिटेड तथा सानीमा बैंक लिमिटेडका डिवेञ्चरमा लगानीकर्ता रहेका छन् ।

Published Date: 08 June 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय