सोमबार नेप्से परिसूचक २०.२७ अंकले घट्यो

सोमबार नेप्से परिसूचक २०.२७ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, जेठ २५ । सेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २०.२७ अंकले घटेर २ हजार ७ सय ३५.१४ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३५६ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये ४१ कम्पनीका सेयरमूल्य बढेका छन् भने २२३ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ ।

आज कुल ९२ लाख १९ हजार ९२२ कित्ता सेयर ४ अर्ब ७ करोड ४७ लाख ६६ हजार रुपैयाँमा किनबेच भएको छ । कारोबार रकम गत शुक्रबारको तुलनामा २७ प्रतिशतले कमी हो । आज सेयरबजारमा सूचीकृत समूहमध्ये वित्त समूहको परिसूचक मात्रै सकारात्मक रहेको छ । अरु बाँकी सबै समूहका परिसूचक ओरालो लागेका छन् ।

सबैभन्दा धेरै व्यापार समूहको परिसूचक १.७७ प्रतिशतले घटेको छ । कालिञ्चोक हाइड्रोपावर लिमिटेड, क्रेष्ट माइक्रो लाईफ इन्सुरेन्स तथा सोपान फर्मास्युटिकल्स् लिमिटेडका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने उपकार लघुवित्त वित्तीय संस्था, सयपत्री हाइड्रोपावर लिमिटेड तथा सानीमा बैंक लिमिटेडका डिवेञ्चरमा लगानीकर्ता रहेका छन् ।

Published Date: 08 June 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने