गर्भवती महिलाहरूले खान नहुने कुराहरु

गर्भवती महिलाहरूले खान नहुने कुराहरु : Icon Khabar

काठमाडौँ, जेठ २५ । गर्भावस्थाको समयमा खानपानमा विशेष ध्यान दिनु आवश्यक छ, किनकि केही खानेकुराले गर्भपतनको जोखिम बढाउन सक्छन्। पोषणविद् केदार नेपालका अनुसार गर्भावस्थाको समयमा खानपान र जीवनशैलीमा विशेष ध्यान दिनु आमा र शिशु दुवैको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ। गर्भवती महिलाहरू खासगरी काँचो तथा कम पाकेको खानेकुराबाट बच्नुपर्छ।

गर्भपतनको जोखिम बढाउने मुख्य खानेकुराहरू यस प्रकार छन् :

काँचो वा हरियो मेवा : खासगरी काँचो मेवामा हुने लेटेक्सले पाठेघरमा संकुचन पैदा गर्न सक्छ, जसले गर्भपतनको खतरा बढाउँछ।

नपाकेको मासु र अण्डा : राम्रोसँग नपाकेको मासु, माछा वा अण्डामा लिस्टेरिया वा साल्मोनेला जीवाणुहरू हुन सक्छन्, जसले भ्रूणलाई हानि पुर्‍याउँछ।

काँचो दूध र दुग्धजन्य पदार्थ : पास्चुरीकरण नगरिएको दूध वा चिजमा लिस्टेरियाको संक्रमण हुने डर हुन्छ।

प्रशोधित मासु : हट डग, डेली मीट वा ससेजहरूमा हानिकारक ब्याक्टेरिया हुन सक्छन्।

अत्यधिक क्याफिन : कफी, चिया वा चिसो पेय पदार्थको धेरै सेवनले पनि जोखिम बढाउन सक्छ।

अस्वस्थकर आहार: खराब पोषण र मोटोपनाले पनि हर्मोनल असन्तुलन गराई गर्भावस्थामा समस्या ल्याउन सक्छ।

विशेष सावधान
यी खानेकुराहरूका अलावा धूम्रपान र मदिरा सेवनले पनि गर्भपतनको जोखिम उच्च बनाउँछ।

Published Date: 08 June 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने