गर्भवती महिलाहरूले खान नहुने कुराहरु

गर्भवती महिलाहरूले खान नहुने कुराहरु : Icon Khabar

काठमाडौँ, जेठ २५ । गर्भावस्थाको समयमा खानपानमा विशेष ध्यान दिनु आवश्यक छ, किनकि केही खानेकुराले गर्भपतनको जोखिम बढाउन सक्छन्। पोषणविद् केदार नेपालका अनुसार गर्भावस्थाको समयमा खानपान र जीवनशैलीमा विशेष ध्यान दिनु आमा र शिशु दुवैको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ। गर्भवती महिलाहरू खासगरी काँचो तथा कम पाकेको खानेकुराबाट बच्नुपर्छ।

गर्भपतनको जोखिम बढाउने मुख्य खानेकुराहरू यस प्रकार छन् :

काँचो वा हरियो मेवा : खासगरी काँचो मेवामा हुने लेटेक्सले पाठेघरमा संकुचन पैदा गर्न सक्छ, जसले गर्भपतनको खतरा बढाउँछ।

नपाकेको मासु र अण्डा : राम्रोसँग नपाकेको मासु, माछा वा अण्डामा लिस्टेरिया वा साल्मोनेला जीवाणुहरू हुन सक्छन्, जसले भ्रूणलाई हानि पुर्‍याउँछ।

काँचो दूध र दुग्धजन्य पदार्थ : पास्चुरीकरण नगरिएको दूध वा चिजमा लिस्टेरियाको संक्रमण हुने डर हुन्छ।

प्रशोधित मासु : हट डग, डेली मीट वा ससेजहरूमा हानिकारक ब्याक्टेरिया हुन सक्छन्।

अत्यधिक क्याफिन : कफी, चिया वा चिसो पेय पदार्थको धेरै सेवनले पनि जोखिम बढाउन सक्छ।

अस्वस्थकर आहार: खराब पोषण र मोटोपनाले पनि हर्मोनल असन्तुलन गराई गर्भावस्थामा समस्या ल्याउन सक्छ।

विशेष सावधान
यी खानेकुराहरूका अलावा धूम्रपान र मदिरा सेवनले पनि गर्भपतनको जोखिम उच्च बनाउँछ।

Published Date: 08 June 2026
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय