साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो

साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो : Icon Khabar

काठमाडौं, जेठ २० । गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल उपाधि दौडबाट बाहिरिएको छ।

जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले २३औँ मिनेटमा गीता रानाको गोलमार्फत अग्रता लिएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा रितु पोर्ना चक्माले कर्नरबाट सिधै गोल गर्दै बंगलादेशलाई खेलमा फर्काइन्।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि इन्जुरी समयमा सागोरिकाको नाममा दर्ज भएको गोल निर्णायक बन्यो। गीता रानाले क्लियर गर्न खोजेको बल प्रीति राईको घुँडामा लाग्दै आफ्नै पोस्टमा प्रवेश गरेपछि नेपाल स्तब्ध बनेको थियो।

यस जितसँगै लगातार दुई पटकको विजेता बंगलादेश तेस्रो पटक लगातार फाइनलमा पुगेको छ। आठौँ संस्करणको साफमा नेपाल १० वर्षपछि पहिलो पटक फाइनल पुग्न असफल भएको हो।

Published Date: 03 June 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने