मंगलबार सुनको भाउ बढ्यो

मंगलबार सुनको भाउ बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ १९ । स्थानीय बजारमा आज सुनको मूल्य उकालो लागेको छ । यो दिन सुनको भाउ अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य ३ लाख १० हजार ९ सय रुपैयाँ कायम थियो ।

आज १० ग्राम सुनको भाउ भने २ लाख ६६ हजार ८९० रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदी पनि महङ्गिएको छ । चाँदी आज ५० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ४०५ रुपैयाँ कायम भएको छ ।

Published Date: 02 June 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय