मौसम पूर्वानुमान : देशैभर बदली, राति र दिउँसो कस्तो रहला वर्षा र हुरीको अवस्था?

मौसम पूर्वानुमान : देशैभर बदली, राति र दिउँसो कस्तो रहला वर्षा र हुरीको अवस्था? : Icon Khabar

काठमाडौँ, जेठ १५ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू-भागहरूमा सामान्य बदली सँगै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। तराईका भू-भागमा भने अहिले आंशिक बदलीको अवस्था छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहने मौसमविद्हरूले जनाएका छन्। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा पानी पर्ने सम्भावना छ। यस्तै, मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र मध्यम वर्षा हुन सक्नेछ।

उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना रहेको छ। विशेष गरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू-भागका केही स्थानमा तीव्र गतिको हुरी चल्ने सम्भावना छ।

आज राति पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। रातिको समयमा सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा मधेश र अन्य प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना कायमै रहनेछ।

देशका धेरैजसो तराई तथा पहाडी क्षेत्रमा वर्षासँगै हुरीबतासको जोखिम रहेकाले महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ।

Published Date: 29 May 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने