बुधबार सुनको मूल्यमा गिरावट

बुधबार सुनको मूल्यमा गिरावट : Icon Khabar

काठमाडौँ, जेठ १३ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ १ हजार रुपैयाँले घटेको हो ।

यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम थियो ।

यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ५५ रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदी आज २० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

Published Date: 27 May 2026