भक्तपुर, जेठ १२ । भक्तपुर युवा टिमको आयोजनामा सञ्चालन भइरहेको “भक्तपुर नगरपालिका अन्तर–वडा फुटसल प्रतियोगिता” अन्तर्गत आज सातौं दिनको खेल तालिका सार्वजनिक गरिएको छ। शहिद स्मृति खेल मैदानमा आज तीन प्रतिस्पर्धात्मक खेल हुने आयोजकले जनाएको छ।
सार्वजनिक खेल तालिका अनुसार आज साँझ ५ बजे हुने पहिलो खेलमा वडा नं. ७ र वडा नं. ९ भिड्नेछन्। त्यसपछि साँझ ६ बजे वडा नं. ८ र वडा नं. ६ बीच प्रतिस्पर्धा हुनेछ। यस्तै, राति ७ बजे वडा नं. ५ र वडा नं. १० आमनेसामने हुनेछन्।
प्रतियोगिताका सम्पूर्ण खेल शहिद स्मृति खेल मैदानमा सञ्चालन भइरहेका छन्। वडा स्तरमै खेल प्रतिभा उजागर गर्ने तथा युवाहरूमा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक भक्तपुर युवा टिमले जनाएको छ।
प्रतियोगितामा स्थानीय दर्शकको उत्साहजनक सहभागिता देखिएको छ भने हरेक खेल थप रोमाञ्चक बन्दै गएको आयोजकको भनाइ छ।
Published Date: 26 May 2026