भक्तपुर अन्तर–वडा फुटसलमा आज पनि तीन रोमाञ्चक भिडन्त हुने

भक्तपुर अन्तर–वडा फुटसलमा आज पनि तीन रोमाञ्चक भिडन्त हुने : Icon Khabar

भक्तपुर, जेठ १२ । भक्तपुर युवा टिमको आयोजनामा सञ्चालन भइरहेको “भक्तपुर नगरपालिका अन्तर–वडा फुटसल प्रतियोगिता” अन्तर्गत आज सातौं दिनको खेल तालिका सार्वजनिक गरिएको छ। शहिद स्मृति खेल मैदानमा आज तीन प्रतिस्पर्धात्मक खेल हुने आयोजकले जनाएको छ।

सार्वजनिक खेल तालिका अनुसार आज साँझ ५ बजे हुने पहिलो खेलमा वडा नं. ७ र वडा नं. ९ भिड्नेछन्। त्यसपछि साँझ ६ बजे वडा नं. ८ र वडा नं. ६ बीच प्रतिस्पर्धा हुनेछ। यस्तै, राति ७ बजे वडा नं. ५ र वडा नं. १० आमनेसामने हुनेछन्।

प्रतियोगिताका सम्पूर्ण खेल शहिद स्मृति खेल मैदानमा सञ्चालन भइरहेका छन्। वडा स्तरमै खेल प्रतिभा उजागर गर्ने तथा युवाहरूमा खेलकुदप्रति आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक भक्तपुर युवा टिमले जनाएको छ।

प्रतियोगितामा स्थानीय दर्शकको उत्साहजनक सहभागिता देखिएको छ भने हरेक खेल थप रोमाञ्चक बन्दै गएको आयोजकको भनाइ छ।

Published Date: 26 May 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने