निरुता सिंह र उत्तम प्रधान करिब दुई दशकपछि ‘सारथी’मा पुनः एकसाथ देखिने

निरुता सिंह र उत्तम प्रधान करिब दुई दशकपछि ‘सारथी’मा पुनः एकसाथ देखिने : Icon Khabar

काठमाडौं, वैशाख ७ । कुमार गजुरेलको डेब्यू निर्देशनमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘सारथी’ को शुभमुहूर्त गरिएको छ । अक्षय तृतियाको शुभ दिन पारेर सोमवार बिहान भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको यूनिट छायांकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो ।

वैशाख ९ गते बुधवारदेखि यो फिल्मको छायांकन गुर्जा खानी आसपासका सुन्दर स्थानमा करिब ४० दिनको सेड्युलमा गरिने निर्देशक गजुरेल बताउँछन् ।

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको यो फिल्मबाट कलाकार उत्तम प्रधान र निरुता सिंहको जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिन लागेको छ । जसले दर्शकमाझ उत्सुकता बढाउने विश्वास निर्माण टिमको छ ।

अभिनेत्री सिंह फिल्मको शुभमुहूर्त कार्यक्रममा सहभागी थिइन् भने अभिनेता उत्तम प्रधान वैशाख १५ गतेदेखि छायांकनमा जोडिने तयारीमा छन् ।

यो फिल्ममा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहने छ । सौर्यल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी अनि लाइन प्रोड्युसरमा अमीर केसी र निर्देशक गजुरेल रहेका छन् ।

Published Date: 20 April 2026


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर