निरुता सिंह र उत्तम प्रधान करिब दुई दशकपछि ‘सारथी’मा पुनः एकसाथ देखिने

निरुता सिंह र उत्तम प्रधान करिब दुई दशकपछि ‘सारथी’मा पुनः एकसाथ देखिने : Icon Khabar

काठमाडौं, वैशाख ७ । कुमार गजुरेलको डेब्यू निर्देशनमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘सारथी’ को शुभमुहूर्त गरिएको छ । अक्षय तृतियाको शुभ दिन पारेर सोमवार बिहान भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको यूनिट छायांकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो ।

वैशाख ९ गते बुधवारदेखि यो फिल्मको छायांकन गुर्जा खानी आसपासका सुन्दर स्थानमा करिब ४० दिनको सेड्युलमा गरिने निर्देशक गजुरेल बताउँछन् ।

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको यो फिल्मबाट कलाकार उत्तम प्रधान र निरुता सिंहको जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिन लागेको छ । जसले दर्शकमाझ उत्सुकता बढाउने विश्वास निर्माण टिमको छ ।

अभिनेत्री सिंह फिल्मको शुभमुहूर्त कार्यक्रममा सहभागी थिइन् भने अभिनेता उत्तम प्रधान वैशाख १५ गतेदेखि छायांकनमा जोडिने तयारीमा छन् ।

यो फिल्ममा उत्तम र निरुतासहित मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहने छ । सौर्यल थापा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी अनि लाइन प्रोड्युसरमा अमीर केसी र निर्देशक गजुरेल रहेका छन् ।

Published Date: 20 April 2026


ताजा
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?