कालिन्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँट, ६८ हजार ४७५ आवेदकले पाए सेयर

कालिन्चोक हाइड्रोपावरको आइपिओ बाँडफाँट, ६८ हजार ४७५ आवेदकले पाए सेयर : Icon Khabar

काठमाडौँ, वैशाख ७ । कालिन्चोक हाइड्रोपावरको आइपिओ आज (सोमबार) बाँडफाँट भएको छ।

कम्पनीको बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा ६८ हजार ४७५ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आइपिओमा कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएकोमा २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको बिक्री प्रबन्धकको भनाइ छ।

कम्पनीले चैत २२ गतेदेखि चैत २५ गतेसम्म सर्वसाधारणहरूका लागि उक्त आइपिओ बिक्री गरेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यका ६ करोड ८४ लाख ७५ हजार रूपैयाँ बराबरको ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

Published Date: 20 April 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने