बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि

बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि : Icon Khabar

काठमाडौं, वैशाख ६ । नेपाल पानी उद्योग महासंघले बोतल र जारको पानीको मूल्य समायोजन गर्ने भएको छ।

महासंघले शनिबार विज्ञप्ति जारी गर्दै कच्चा पदार्थ तथा सञ्चालन लागतमा भएको मूल्यवृद्धिको अनुपातमा उत्पादित पानीको मूल्य समायोजन गरी बिक्री वितरण गर्न उद्योगहरुलाई आग्रह गरेको हो।

पश्चिम एसियामा जारी तनावका कारण पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थको ४० प्रतिशत मूल्यवृद्धि भएको र पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुँदा त्यसका सहायक उत्पादन पनि प्रभावित भएको महासंघको भनाइ छ। महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने बोटल, क्याप, र्‍यापिङ रोल, जार, जार क्याप लगायत कच्चा पदार्थहरूको ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ।

पानीमा प्रयोग हुने कच्चा पदार्थ आयात गर्न तीन महिनादेखि एलसी नखुलेको र मुलुकमा कच्चा पदार्थ मौज्दात नगन्य मात्रामा रहेकोसमेत महासंघले जनाएको छ। ‘नेपाल पानी उद्योग महासंघ सम्पूर्ण सदस्य उद्योगीहरूलाई हाल कच्चा पदार्थ तथा सञ्चालन लागतमा भएको मूल्यवृद्धिको अनुपातमा उत्पादित पानीको मूल्य समायोजन गरी बिक्री वितरण गर्न अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

महास‌ंघले प्रतिबोतल काठमाडौं उपत्यकाभित्र २० रुपैयाँ र उपत्यकाबाहिर २५ रुपैयाँ बनाउन आग्रह गरेको छ। त्यस्तै, प्रतिजार ६० रुपैयाँ र उपत्यकाबाहिर ८० रुपैयाँ बनाउन भनेको छ।

Published Date: 19 April 2026


ताजा
भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३९ जनाको शव फेला
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क