बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि

बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि : Icon Khabar

काठमाडौं, वैशाख ६ । नेपाल पानी उद्योग महासंघले बोतल र जारको पानीको मूल्य समायोजन गर्ने भएको छ।

महासंघले शनिबार विज्ञप्ति जारी गर्दै कच्चा पदार्थ तथा सञ्चालन लागतमा भएको मूल्यवृद्धिको अनुपातमा उत्पादित पानीको मूल्य समायोजन गरी बिक्री वितरण गर्न उद्योगहरुलाई आग्रह गरेको हो।

पश्चिम एसियामा जारी तनावका कारण पानी उद्योगमा प्रयोग हुने कच्चा पदार्थको ४० प्रतिशत मूल्यवृद्धि भएको र पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुँदा त्यसका सहायक उत्पादन पनि प्रभावित भएको महासंघको भनाइ छ। महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने बोटल, क्याप, र्‍यापिङ रोल, जार, जार क्याप लगायत कच्चा पदार्थहरूको ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ।

पानीमा प्रयोग हुने कच्चा पदार्थ आयात गर्न तीन महिनादेखि एलसी नखुलेको र मुलुकमा कच्चा पदार्थ मौज्दात नगन्य मात्रामा रहेकोसमेत महासंघले जनाएको छ। ‘नेपाल पानी उद्योग महासंघ सम्पूर्ण सदस्य उद्योगीहरूलाई हाल कच्चा पदार्थ तथा सञ्चालन लागतमा भएको मूल्यवृद्धिको अनुपातमा उत्पादित पानीको मूल्य समायोजन गरी बिक्री वितरण गर्न अनुरोध गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

महास‌ंघले प्रतिबोतल काठमाडौं उपत्यकाभित्र २० रुपैयाँ र उपत्यकाबाहिर २५ रुपैयाँ बनाउन आग्रह गरेको छ। त्यस्तै, प्रतिजार ६० रुपैयाँ र उपत्यकाबाहिर ८० रुपैयाँ बनाउन भनेको छ।

Published Date: 19 April 2026


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने