आज पहाडी र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना

आज पहाडी र हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौँ, वैशाख ३ । आज देशका विभिन्न भू–भागमा आंशिकदेखि सामान्य बदली रहने देखिएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य पहाडी तथा हिमाली क्षेत्रमा भने आंशिक बदली रहने जनाइएको छ। यस क्रममा केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा पनि मौसमको अवस्था धेरै फरक नहुने अनुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने राति पनि मौसम मुख्यतया सफा रहनेछ।

हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको जनाइएको छ। मौसमविद्हरूले विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

Published Date: 16 April 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय