काठमाडौं, वैशाख २ । आज देशका विभिन्न भू–भागमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा दिउँसो साधारणतया बादल लाग्नेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, गण्डकी प्रदेशका पहाडी क्षेत्रसहित अन्य हिमाली भेगका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने राति पनि मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भेगका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ। मौसमविद्हरूले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
Published Date: 15 April 2026