हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना : Icon Khabar

काठमाडौं, वैशाख १ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

विशेषगरी कोशी प्रदेशको पहाडी क्षेत्रसहित देशका हिमाली भू-भागमा दिनभर सामान्य बदली रहने अनुमान गरिएको छ। अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

महाशाखाका अनुसार हिमाली क्षेत्रका थोरै स्थान तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ।

रातिको समयमा पनि मौसमको अवस्था झन्डै यस्तै रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाइएको छ।

मौसमविद्हरूले विशेषगरी हिमाली तथा पहाडी क्षेत्रमा चट्याङ र वर्षाका कारण हुन सक्ने जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

Published Date: 14 April 2026








ताजा
हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
मदरल्याण्ड स्कुलको “सम्मान तथा प्रतिभा प्रस्तुतीकरण–२०८२” सम्पन्न








ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ