आज बुधबारको राशिफल

आज बुधबारको राशिफल : Icon Khabar

काठमाडौं, माघ ७ । आज २०८२ माघ ७ गते बुधबार, तद्अनुसार २१ जनवरी २०२६ । आज माघ शुक्ल तृतिया, व्यतिपात तैतल धनिष्ठा, सूर्योदय बिहानः ०६ः५५ बजे, सूर्यास्त साँझः १७ः३५ बजे ।

आजको राशिफल

मेष राशि: मेहनतको फल प्राप्त हुनेछ । सामाजिक कार्यमा चासो रहने छ । मान–सम्मान प्राप्त हुनेछ । व्यवसायाबाट लाभ हुनेछ । कुनै प्रभावशाली व्यक्तिसँग परिचय बढ्ने छ । मनोरञ्जनात्मक यात्राको योजना बन्न सक्छ । शुभ रंगः पहेँलो, शुभ अंकः ९

वृष राशि: टाढाबाट सुखद समाचार प्राप्त हुन सक्छ । घरमा पाहुनाको आगमन हुनेछ । आत्म विश्वासमा वृद्धि हुनेछ । ठूलो काम गर्ने इच्छा जाग्ने छ । परिवारको सहयोग प्राप्त हुनेछ । प्रसन्नता रहने छ । बुद्धिको प्रयोग गर्दा लाभ बढ्ने छ । साथीहरूसँग राम्रो समय बित्ने छ । शुभ रंगः आकाशे, शुभ अंकः ५

मिथुन राशि: मिथुन राशि भएकाहरुको नयाँ व्यापारिक सम्झौता हुनेछ । नयाँ योजना बन्ने छ । मान–सम्मान प्राप्त हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला । झगडाबाट बच्नु होला । कार्यमा सफलता मिल्ने छ । कपडा–गहनाको लाभ हुने योग छ । शुभ रंग पहेँलो हो भने शुभ अंक ९ रहेको छ ।

कर्कट राशि: कर्कट राशि भएकाहरुको यात्रा सफल हुनेछ । विवाद नगर्नु होला । देव दर्शन हुनेछ । सरकार अथवा राज्यबाट लाभ हुने सम्भावना । धन प्राप्तिको सम्भावना छ । पुराना साथीसंग भेटघाट हुनेछ । शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ ।

सिंह राशि: सिंह राशि भएकाहरुकाले प्रेम सम्बन्धमा जोखिम नलिनु होला । सवारी अथवा मेशिनरी प्रयोग गर्दा सावधानी अपनाउनु होला । लाभ हुनेछ । स्वास्थ्य सामान्य रहने छ । राज्य अथवा सरकारबाट लाभ हुनेछ ।शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ ।

कन्या राशि: कन्या राशि भएकाहरुको स्वास्थ्य कमजोर हुनेछ । जीवनसाथीको सहयोग पाइने छ । राजकीय बाधा हट्ने छ । धन र बुद्धि लाभ हुनेछ । शारीरिक पीडा हुने सम्भावना छ । शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ ।

तुला राशि: तुला राशि भएकाहरुको स्वास्थ्य कमजोर हुनेछ । दौडधुप बढी हुनेछ । घर–जग्गासम्बन्धी योजना बन्ने छ । उन्नतिको मार्ग प्रशस्त हुनेछ । धन प्राप्ति सुस्त रहने छ । शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ ।

वृश्चिक राशि: वृश्चिक राशि भएकाहरुले लेनदेनमा सावधानी अपनाउनु होला । विद्यार्थीले सफलता पाउने छन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । खुशीको समाचार प्राप्त हुने सम्भावना छ । आम्दानी सुखद रहने छ । शुभ रंग पहेँलो हो भने शुभ अंक ९ रहेको छ ।

धनु राशि: धनु राशि भएकाहरुको भय, पीडा र भ्रमको स्थिति बन्न सक्छ । लाभ र पराक्रम ठीक रहने छ । घर–परिवारमा विवाद हुने वातावरण बन्न सक्छ । दिन भयकारक रहने छ, होसियार रहनु होला । शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ ।

मकर राशि: मकर राशि भएकाहरुलाई जीवनसाथीको स्वास्थ्यको चिन्ता रहने छ । घरभित्र र बाहिर अशान्ति हुन सक्छ । प्रयास सफल हुनेछन् । यात्राको योग बन्ने छ । लाभ प्राप्त हुने योग छ । शुभ रंग आकाशे हो भने शुभ अंक ५ रहेको छ ।

कुम्भ राशि: कुम्भ राशि भएकाहरुलाई शुभ समाचार प्राप्त हुनेछ । स्वास्थ्य कमजोर रहने छ । आयमा वृद्धि हुनेछ । केही कार्यमा सफलता पाउने सम्भावना छ । स्त्रीसम्बन्धी पीडा, तर केही लाभ पनि हुनेछ । शुभ रंग गुलावी हो भने शुभ अंक ६ रहेको छ ।

मीन राशि: मीन राशि भएकाहरुको रोजगारीमा वृद्धि हुनेछ । व्यावसायिक यात्रा सफल हुनेछ । लाभ हुनेछ । यात्राको सम्भावना छ । सावधानी आवश्यक हुनेछ । शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ ।

Published Date: 21 January 2026








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा