नेपाल एयरलाइन्सका चालक दलका सदस्य सुन तस्करीको आरोपमा पक्राउ

नेपाल एयरलाइन्सका चालक दलका सदस्य सुन तस्करीको आरोपमा पक्राउ : Icon Khabar

काठमाडौँ, मंसिर १५ । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी सुन तस्करीको आरोपमा दोहामा पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा उनलाई दोहा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ। तिवारीबाट आठ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटना नोभेम्बर २९ मा भएको हो । उडान नम्बर आरए २४० दोहाबाट काठमाडौँ आइपुग्ने तालिका थियो। दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीमा आठ तोला सुन भेटिएको जनाइएको छ ।

यसका कारण उडान लगभग ३५ मिनेटको लागि रोकिएको थियो । नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले यसको पुष्टि गरे।

नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले भने यो विषयमा आधिकारिक रूपमा आफूलाई जानकारी नभएको बताइन् । ‘मलाई आधिकारिक रूपमा यसबारे जानकारी छैन,’ उनले भनिन्, ‘आधिकारिक नभई मैले बोल्न मिल्दैन ।’

Published Date: 01 December 2025






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न