जेनजी आन्दोलन: ह्यात होटलको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

जेनजी आन्दोलन: ह्यात होटलको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ : Icon Khabar

काठमाडौं, मंसिर १५ । जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा दावा सेट्टी र रणे भनिने रञ्जित खड्गी छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । परिसर काठमाडौंका एसएसपी रमेश थापाले जाहेरी आएपछि उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको बताए ।

२४ भदौमा हायातमा रहेको प्राइड क्यासिनोमा लुटपाट भएको थियो । लुटपाट आरोपमा पक्राउ परेकाहरू खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेको भिडियो देखिएको एक अनुसन्धान अधिकृतले बताए ।

Published Date: 01 December 2025






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न