बिहीबार नेप्से परिसूचक १८.४० अंकले घट्यो

बिहीबार नेप्से परिसूचक १८.४० अंकले घट्यो : Icon Khabar

काठमाडौं, असोज ३० । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्से आज पनि घटेको हो ।

बिहीबार नेप्से परिसूचक १८.४० अंक घटेर २४८७.१७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ अंक घटेको छ।

नेप्से घटे पनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार ३ अर्ब १० करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको ३६ हजार ५३१ पटकको कारोबारमा ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँबराबरको ७६ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज हिमालयन पावर पार्टनरको सेयर मूल्य सर्वाधिक ९.९३ प्रतिशत बढेको छ। त्यस्तै, कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबारमा आएको समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन मुक्तिनाथ विकास बैंक शीर्ष स्थानमा रहेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

Published Date: 16 October 2025


ताजा
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?
शनिबार अरुण थापाको स्मृतिमा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली, सयौँको सहभागितामा भव्य रूपमा सम्पन्न
हिसान भक्तपुरद्वारा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व सम्मानित
‘भ्वाइस किड्स’ सिजन ५ को उपाधि सुवासना खड्कालाई, टिम वाङ्देनको शानदार जित


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली