आज बिहीबारको राशिफल

आज बिहीबारको राशिफल : Icon Khabar

काठमाडौँ, असोज ३० । आज २०८२ असोज ३० गते बिहीबार, तद्अनुसार १६ अक्टोबर २०२५ । आज कार्तिक कृष्ण दशमी शुभ विष्टि, भद्रा अश्लेषा, विश्व खाद्य दिवस, सूर्योदय बिहान ०६ः०४ बजे, सूर्यास्त साँझः १७ः३४ बजे ।

आजको राशिफल

मेष राशि : मेष राशि भएकाहरुको घरमा आज अतिथिहरूको आगमन हुनेछ । उत्साह जगाउने सूचना प्राप्त हुनेछ । मनमा खुशी रहने छ । आत्म सम्मान कायम हुनेछ । वैवाहिक समस्या अन्त्य हुनेछ। शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ ।

वृष राशि: वृष राशि भएकाहरुले बोलीमा नियन्त्रण राख्नु होला । कसैको व्यवहारबाट कष्ट हुन सक्छ । पुरानो रोग पुनः देखापर्न सक्छ । जोखिमपूर्ण कार्य नगर्नु होला । पारिवारिक चिन्ता बढ्ने छ ।

मिथुन राशि : मिथुन राशि भएकाहरुको शत्रु परास्त हुनेछन् । विवादलाई नबढाउनु होला । प्रयास सफल हुनेछन् । सामाजिक प्रतिष्ठा बढ्ने छ । आम्दानीका स्रोतहरूमा वृद्धि हुन सक्छ । मन प्रसन्न रहने छ ।

कर्कट राशि: कर्कट राशि भएकाहरुले लेनदेनमा सावधानी अपनाउनु होला । शारीरिक पीडा हुन सक्छ । शुभ समाचार प्राप्त हुनेछ । आत्म विश्वास बढ्ने छ । परिवारसँग मनोरञ्जनको कार्यक्रम बन्न सक्छ ।

सिंह राशि: सिंह राशि भएकाहरुको रोजगार प्राप्तिका प्रयास सफल हुनेछन् । अप्रत्याशित लाभ हुन सक्छ । व्यावसायिक यात्रा सफल हुनेछ । कुनै ठूलो समस्याबाट मुक्ति मिल्न सक्छ । आम्दानी बढ्ने छ । खुशी बढ्ने छ ।

कन्या राशि: कन्या राशि भएकाहरुको अचानक खर्चहरू देखा पर्न सक्छन् । स्वास्थ्य कमजोर रहने छ । विवादमा उल्झिन सक्नुहुन्छ । अपेक्षित कार्यहरूमा ढिलो हुनेछ । आम्दानीमा कमी आउन सक्छ ।

तुला राशि: धन आर्जन सजिलो हुनेछ । विद्यार्थी वर्गले सफलता प्राप्त गर्नेछ । पढाइमा मन लाग्ने छ । टाढाको यात्राको योजना बन्न सक्छ ।वरिष्ठ व्यक्तिको मार्गदर्शन पाइने छ ।

वृश्चिक राशि: वृश्चिक राशि भएकाहरुको नयाँ आर्थिक नीति बन्ने छ। कार्यशैलीमा सुधार हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । साझेदारहरूको सहयोग पाइने छ । समयको लाभ लिनु होला । व्यावसायिक यात्रा सफल हुनेछ ।

धनु राशि: धनु राशि भएकाहरुमा बेचैनी रहने छ । चोटपटक वा रोगबाट बच्नु होला । अदालतको काम सहज हुनेछ । पूजा–पाठमा मन लाग्ने छ । तीर्थयात्राको योजना बन्न सक्छ । लाभका अवसरहरू प्राप्त हुनेछन् ।

मकर राशि: मकर राशि भएकाहरुको स्वास्थ्य कमजोर रहने छ । विवादबाट कष्ट हुन सक्छ । अपेक्षित कार्यहरूमा बाधा आउन सक्छ । जोखिमपूर्ण कार्य नगर्नु होला । राज्यका प्रतिनिधिहरूको सहयोग पाइने छ ।

कुम्भ राशि: कुम्भ राशि भएकाहरुको आज अदालतको काम सहज हुनेछ । जीवनसाथीबाट सहयोग पाइने छ । मन प्रसन्न रहने छ । गलत निर्णय हावी हुन सक्छ । स्वास्थ्य कमजोर रहने छ ।

मीन राशि: मीन राशि भएकाहरुको यात्रा, जागिर र लगानी फलदायी हुनेछ । अप्रत्याशित लाभ हुनेछ । खुशी मिल्ने छ । शुभ समाचार प्राप्त हुने सम्भावना छ । साहस देखाउने अवसर हुनेछ । लाभ पाइने छ । शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ ।

Published Date: 16 October 2025








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ