दुई खेल अगावै नेपाल टी-२० विश्वकपमा छनोट

दुई खेल अगावै नेपाल टी-२० विश्वकपमा छनोट : Icon Khabar

काठमाडौँ, असोज २९ । नेपाल आगामी वर्ष भारत र श्रीलङ्कामा हुने आइसिसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

आइसिसी टी२० विश्वकप एसिया-इएफी छनोट अन्तर्गत बुधबार भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई तथा युएईले सामोआलाई हराएपछि नेपाल र ओमान एक आपसमा खेल्नुअघि नै विश्वकपमा छनोट भएका हुन् ।

नेपाल र ओमानबीच बुधबार राती हुने खेलको विजेताले टी२० विश्वकपमा स्थान बनाउने समीकरण थियो । तर त्यसअघिका भएका दुवै खेलको नतिजा आफू अनुकूल आएपछि नेपाल र ओमानले सुपर सिक्समा दुई खेल खेल्नुअघि नै विश्वकपको टिकट काटेको हो ।

सुपर सिक्समा नेपाल र ओमानले यसअघि नै लगातार दुई खेल जित्दै समान ६ अंक जोडिसकेको छ । सुपर सिक्समा शीर्ष तीनमा रहने टोली विश्वकप पुग्ने प्रावधान छ ।

Published Date: 15 October 2025






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न