दुई खेल अगावै नेपाल टी-२० विश्वकपमा छनोट

दुई खेल अगावै नेपाल टी-२० विश्वकपमा छनोट : Icon Khabar

काठमाडौँ, असोज २९ । नेपाल आगामी वर्ष भारत र श्रीलङ्कामा हुने आइसिसी टी-२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

आइसिसी टी२० विश्वकप एसिया-इएफी छनोट अन्तर्गत बुधबार भएको सुपर सिक्सको खेलमा कतारले जापानलाई तथा युएईले सामोआलाई हराएपछि नेपाल र ओमान एक आपसमा खेल्नुअघि नै विश्वकपमा छनोट भएका हुन् ।

नेपाल र ओमानबीच बुधबार राती हुने खेलको विजेताले टी२० विश्वकपमा स्थान बनाउने समीकरण थियो । तर त्यसअघिका भएका दुवै खेलको नतिजा आफू अनुकूल आएपछि नेपाल र ओमानले सुपर सिक्समा दुई खेल खेल्नुअघि नै विश्वकपको टिकट काटेको हो ।

सुपर सिक्समा नेपाल र ओमानले यसअघि नै लगातार दुई खेल जित्दै समान ६ अंक जोडिसकेको छ । सुपर सिक्समा शीर्ष तीनमा रहने टोली विश्वकप पुग्ने प्रावधान छ ।

Published Date: 15 October 2025


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने