काठमाडौँ, पुस १६ । जसले जसरी जहिले गरेको भएपनि “मध्यपुर महोत्सव २०८१” भव्य र सभ्य भएकै हो।
“भव्य र सभ्य” अन्य कार्यक्रमहरुमा धेरै नै प्रयोग भएको देखिन्थ्यो तर सहि अर्थमा धेरै जसो कार्यक्रमहरु न त भव्य हुन्थे न त सभ्य नै। यस अर्थमा यहाँ “भव्य र सभ्य” केवल भाषाको मिठासको लागि मात्र प्रयोग गरेको होईन। “जसले जसरी जहिले” भन्नाले जो जो यस महोत्सवका लागि जसरी जसरी र जहिले जहिले लागि परेका थिए भन्ने साधारण अर्थमा मात्र बुझे पुग्छ। यस भन्दा बढी बुझ्न थाल्यो भने बुझ्नै पर्ने सारतत्व फिटिक्कै बुझिंदैन वा ओझेलमा पर्नेछ।
हजारौं वर्षदेखि यस उपत्यका खाल्डोमा निरन्तर रूपमा निर्माण भएको एउटा सभ्यता करिब अढाई सय वर्षका लागि बाधक र विनासक भएकै हो। बहाना “राष्ट्र निर्माण” को थियो। (त्यति बेला एउटा देश निर्माण भएको कुरामा दुईमत छैन। राष्ट्र पुनर्निर्माण हुन थालेको चाहिँ भर्खरैबाट हो)
तर त्यसैको बहानामा सभ्यता मासिएको थियो। मास्न पनि यसरी मासियो कि जस्ले मासिनै खोजेको थियो तिनले त मासिए मासिए जस्ले बचाउनु पर्ने थियो तिनले समेत बेहोसीमा मासिन थाले। तिनलाई समेत पुस्तौं पुस्ता सम्म बेहोसीमा लठ्याए।
हो, तिनै बेहोसीमा लठ्याइएकाहरुको पछिल्लो पुस्ता जाग्दै छन्। त्यसैको एउटा ज्वलन्त उदाहरण हो महोत्सवहरुको लहरमा उभिएको “मध्यपुर महोत्सव २०८१” पनि। महोत्सवको वास्तविक जग हजारौं वर्षदेखि निरन्तर रुपमा निर्माण भएको सभ्यता नै हो। कसैको दुई चार बर्षीय पदिय दायित्व निर्वाह गर्ने क्रमको एउटा कर्मलाई जग वा गजुरको उपमा दिन खोज्नु केवल एउटा भ्रम हो।
जुन अहमताको जननी पनि हो। वास्तविक रूपमा सभ्यताको पुनरोत्थानको अभियान सफल पार्ने हो भने जग वा गजुरको भ्रमबाट सबैजना मुक्त हुनु अपरिहार्य छ।
Published Date: 31 December 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1