शित्रूलीमा बेपत्ता दुई बस र यात्रु खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग

शित्रूलीमा बेपत्ता दुई बस र यात्रु खोज्न सरकारले माग्यो भारत र बंगलादेशको सहयोग : Icon Khabar
तस्बिरः कृष्ण आचार्य -रासस

काठमाडौँ, असार ३१ । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा शुक्रवार पहिरोसँगै त्रिशूली नदीमा खसेको दुई बस र ५७ जना यात्रुको अवस्था अझै अज्ञात छ ।

 त्रिशूली नदीमा चार दिनदेखि बेपत्ता दुई बस र त्यसमा सवार यात्रुहरुको खोजीका लागि सरकारले भारत र बंगलादेशसँग पनि सहयोग मागेको छ । आइतबार गृहसचिव एकनारायण अर्यालसहित सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयका अधिकारीहरुले भारत र बंगलादेशका अधिकारीहरुसँग सम्पर्क गरी सहयोग मागेका हुन् ।

स्थलगत अनुगमन टोलीमा सहभागी गृह मन्त्रालय अन्तर्गतको द्वन्द्व तथा विपद व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले भने, ‘हामीले नेपालमा उपलब्ध सबै प्रविधि र जनशक्ति प्रयोग गरेर खोजी गरिरहेका छौं । खोजी कार्यमा सहयोग गर्न भारत र बंगलादेशलाई भने भनेका छौं ।’  चितवन जिल्ला प्रशासनले दिएको पछिल्लो विवरणअनुसारै काठमाडौंबाट गौरका लागि छुटेका बसमा ३८ जना र वीरगञ्जदेखि काठमाडौंका लागि छुटेका बसमा २७ गरी ६५ जना यात्रु थिए । तीन जना यात्रु पौडिएर बाँच्न सफल भए ।

अस्ती र हिजो भेटिएका पाँचवटा शव बसमा रहेका यात्रुको भएको पुष्टि भएको छ । सनाखत भएका पाँच शव आफन्तले बुझिसकेको चितवन प्रशासनले जनाएको छ । बाँकी ५७ यात्रुको अवस्था भने अझै थाहा हुन सकेको छैन । खोजी र उद्धारमा संलग्न सुरक्षा टोलीले स्थानीयले दिएको सूचनाका आधारमा थप ६ वटा शव भेटिए पनि ती बसकै यात्रीको भए-नभएको पुष्टि भइसकेको छैन ।

चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार दुवै बसमा गरेर ६५ जना यात्री रहेका थिए । जसमा तीन जना यात्रु सकुशल रहेका छन् । दुर्घटनास्थलमा शुक्रबार बिहानैदेखि गोताखोरसहितको टोली उद्धार र खोजीमा सक्रिय भए पनि बस भेटिएको छैन । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार घटनास्थलभन्दा धेरै पर त्रिवेणीसम्म शवह भेटिएका छन् । दुवै बसमा गरेर ९ जना भारतीय यात्रु थिए । ३ जना भारतीय यात्रुको शव भेटिएको छ ।

हराएका यात्रु र बसको खोजी आज पनि भइरहेको चितवन प्रहरीले जनाएको छ । गृह मन्त्रालयका अनुसार धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको छ । खोजीका लागि विदेशी उपकरण प्रयोग भइरहेको छ । पानीभित्र खोज्न सकिने सोनार उपकरण, वाटर ड्रोन र पाइपलाइन इन्सपेक्सन लगायतका अत्याधुनिक उपकरण प्रयोग गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सोनार उपकरणले पानीको गहिराइमा वस्तु पत्ता लगाउन सहयोग गर्छ भने वाटर ड्रोनको सहयोगले नदीभित्रका दृश्य हेर्न सकिन्छ । यी प्रविधि विश्वका अन्य देशमा निकै प्रभावकारी मानिन्छन् । यी उपकरण विदेशमा नबग्ने पानी अर्थात् समुद्रमा परीक्षण भएका हुन्छन्, तर नेपालमा बग्ने पानी अर्थात् नदी खोलामा प्रयोग गर्दा प्रभावकारी नभएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार श्रीलंका गएर तालिम पाएका दक्ष गोताखो पनि खोजी काममा खटिएका छन् । तर त्रिशूली नदीको तीव्र बेग र धमिलो पानीले खोजी कार्य अत्यन्त कठिन बनाएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 July 2024
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)