बिहीबार नेप्से घट्यो कारोबार रकम भने बढ्यो

बिहीबार नेप्से घट्यो कारोबार रकम भने बढ्यो : Icon Khabar

काठमाडौं, चैत २२ । यस साता लगातार पाँचौ दिन पनि सेयरबजारमा गिरावट आएको छ ।

बिहीबार नेप्से परिसूचक २.७३ अंक घटेर २००४.०५ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक घटेको छ। यस दिन फ्लोट इण्डेक्स भने स्थिर रहेको छ।

नेप्से घटेपनि बिहीबार कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको ५६ हजार ३२१ पटकको कारोबारमा ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ बराबरको ६९ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये बिहीबार ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.६७ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्स र सर्वोत्तम सिमेन्टको १८ करोडभन्दा बढीको शयर खरिदबिक्री भएको छ।

Published Date: 04 April 2024






ताजा
समूह जेः अल्जेरियाविरुद्धको खेल मेसीका लागि विशेष,
२४ वर्षअघिको तीतो सम्झना ताजैः सेनेगलसँग खेल्दै फ्रान्स
‘खुट्टा भाँच्ने’ भौतिक पूर्वाधार मन्त्रीको अभिव्यक्तिमा ज्ञानेन्द्र शाही बोले : आशय कारबाहीको, हिंसाको होइन
फिफा विश्वकप १९९४ र २०२६ का फरकः अझ ठूलो, अझ महँगो र अझ विश्वव्यापी


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न