बिहीबार नेप्से घट्यो कारोबार रकम भने बढ्यो

बिहीबार नेप्से घट्यो कारोबार रकम भने बढ्यो : Icon Khabar

काठमाडौं, चैत २२ । यस साता लगातार पाँचौ दिन पनि सेयरबजारमा गिरावट आएको छ ।

बिहीबार नेप्से परिसूचक २.७३ अंक घटेर २००४.०५ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक घटेको छ। यस दिन फ्लोट इण्डेक्स भने स्थिर रहेको छ।

नेप्से घटेपनि बिहीबार कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको ५६ हजार ३२१ पटकको कारोबारमा ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ बराबरको ६९ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये बिहीबार ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १.६७ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.६१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्स र सर्वोत्तम सिमेन्टको १८ करोडभन्दा बढीको शयर खरिदबिक्री भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 April 2024
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो