राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले लिए शपथ

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले लिए शपथ : Icon Khabar

काठमाडौ, फागुन २१ । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन्।

नयाँ वानेश्वरस्थित संसद भवनमा संघीय संसद सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मीला अर्यालले उनीहरुलाई सपथ दिलाएकी हुन्। सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिन्ह लगाइदिइन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरे।

कोशी प्रदेश बिजयी कांग्रेसका कृष्ण सिटौला र एमालेकी रूक्मिणी कोइराला, मधेसबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगाना, बागमतीमा कांग्रेसका विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल, गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठले पद तथा गाेपनियताकाे सपथ लिएका छन्।

साथै, लुम्बिनीबाट कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र कर्णालीबाट एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय तथा सुदूरपश्चिमबाट कांग्रेसका बलदेव बोहोराले सपथ लिए।

राष्ट्रियसभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो। समारोहमा उपप्रधानमन्धी एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो।

Published Date: 04 March 2024


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी