आमाको मात्र नाम राखेर नागरिकता दिन सर्वोच्चको परमादेश

आमाको मात्र नाम राखेर नागरिकता दिन सर्वोच्चको परमादेश : Icon Khabar

काठमाडौं, असोज ८ । सर्वोच्च अदालतले आमाको मात्र नाम राखेर नागरिकता दिन परमादेश जारी गरेको छ । बुवाको नाम नराखेर पनि नागरिकता दिन सकिने गरी सर्वोच्चले आदेश जारी गरेको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका–६ की एक महिलाले कुमारी अवस्थामै छोरी जन्माएको र बुवा सम्पर्कविहीन भएको जनाउँदै २०७८ सालमा सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । आफू प्रेम सम्बन्धमा रहेका बेला गर्भवती भएको र त्यसपछि विवाह नगरी पुरुष सम्पर्कविहीन भएकाले छोरीलाई नागरिकता दिलाउन नसकेको उनको गुनासो थियो ।

बुवाको स्थायी ठेगाना मनहरि–४, मकवानपुरको वडा कार्यालयमा जन्मदर्ता गराउन खोज्दा पनि नगरिदिएको उनले निवेदनमा उल्लेख गरेकी थिइन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासले गत साउन २३ गते गरेको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरिएको हो ।

आमासँग वंशजको नागरिकता रहेको र अस्पतालले दिएको जन्म प्रमाणपत्र पनि रहेको अवस्थामा बुवाको नाम आवश्यक नपर्ने सर्वोच्चको ठहर छ। छोरीलाई पनि वंशजकै आधारमा नागरिकता दिन र आमाको स्थायी ठेगाना नै छोरीको पनि ठेगाना काम गर्न सर्वोच्चले भनेको छ ।

Published Date: 25 September 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड