कोशीमा मन्त्रिपरिषद विस्तार : दुई मन्त्री र दुई राज्यमन्त्री थपिए

कोशीमा मन्त्रिपरिषद विस्तार : दुई मन्त्री र दुई राज्यमन्त्री थपिए : Icon Khabar

विराटनगर, असोज ८ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज (सोमबार) मुख्यमन्त्री कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बुद्धिकुमार राजभण्डारी नियुक्त भएका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । त्यस्तै, उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्रीमा रामप्रसाद मेहता र आर्थिक मामिला तथा योजना मन्त्रीमा निरन राई नियुक्त भएका छन् । दोस्रो पटक विस्तारित मन्त्रिपरिषद् सदस्यसहित कोशीको मन्त्रिपरिषद् नौं सदस्यीय बनेको छ । नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले केहीबेरमा शपथ लिनेछन् । प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी भइरहेको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्कीले २० असोजभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । तर, मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना निकै कम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 September 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता