कोशीमा मन्त्रिपरिषद विस्तार : दुई मन्त्री र दुई राज्यमन्त्री थपिए

कोशीमा मन्त्रिपरिषद विस्तार : दुई मन्त्री र दुई राज्यमन्त्री थपिए : Icon Khabar

विराटनगर, असोज ८ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज (सोमबार) मुख्यमन्त्री कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बुद्धिकुमार राजभण्डारी नियुक्त भएका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । त्यस्तै, उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्रीमा रामप्रसाद मेहता र आर्थिक मामिला तथा योजना मन्त्रीमा निरन राई नियुक्त भएका छन् । दोस्रो पटक विस्तारित मन्त्रिपरिषद् सदस्यसहित कोशीको मन्त्रिपरिषद् नौं सदस्यीय बनेको छ । नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले केहीबेरमा शपथ लिनेछन् । प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी भइरहेको छ ।

मुख्यमन्त्री कार्कीले विश्वासको मत नलिँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री कार्कीले २० असोजभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ । तर, मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना निकै कम छ ।
Published Date: 25 September 2023












ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड