देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह : Icon Khabar

काठमाडौँ, साउन ७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा र मौसम बदलीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानमै अवस्थित रहेको छ।

यतिबेला गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने मधेस र कोशी प्रदेशका तराई भू-भागमा आंशिक बदली छ।

देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना औँल्याइएको छ।

विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशका पहाडी भू-भागका केही र तराईका थोरै स्थानका साथै हिमाली भू-भागका थोरै स्थानमा वर्षा तथा हिमपात जारी रहनेछ। रातिको समयमा बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सरोकारवाला निकायलाई विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ।

Published Date: 23 July 2026
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय