बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस : Icon Khabar

बझाङ, साउन ६। सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको कोट्देवल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:४० बजे गएको भूकम्पको धक्का बझाङका विभिन्न स्थानका साथै छिमेकी जिल्ला बैतडीका केही क्षेत्रमा समेत महसुस गरिएको थियो।

बिहानै भूकम्पको कम्पन महसुस भएपछि स्थानीय बासिन्दा केही समय त्रसित बनेका थिए। यद्यपि, भूकम्पका कारण हालसम्म कुनै पनि मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको प्रहरीले तथा स्थानीय प्रशासनले जनाएको छ।

सम्बन्धित निकायले परिस्थितिमाथि निगरानी राखिरहेको जनाउँदै नागरिकलाई अफवाहमा नलागी आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरेको छ।

Published Date: 22 July 2026


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?