सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर : Icon Khabar

काठमाडौँ, साउन ४ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको नयाँ विनिमयदर तोकेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३६ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५८ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६८ पैसा पुगेको छ। स्वीस फ्रयाङ्कको खरिददर १९० रुपैयाँ ४४ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा कायम गरिएको छ।

अन्य प्रमुख मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११० रुपैयाँ ०९ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २२ रुपैयाँ ७८ पैसा तोकिएको छ।

खाडी मुलुक र एसियाली क्षेत्रका मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४१ रुपैयाँ १० पैसा, कतारी रियालको खरिददर ४२ रुपैयाँ १७ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३४ पैसा तथा युएई दिरामको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०३ पैसा कायम भएको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, थाइ भाटको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३३ पैसा र बिक्रीदर १० रुपैयाँ ३७ पैसा, स्वीडिस क्रोनरको खरिददर १५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६ रुपैयाँ तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ५३ पैसा र बिक्रीदर २३ रुपैयाँ ६२ पैसा रहेको छ।

यसैगरी हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १९ रुपैयाँ ६९ पैसा, कुवेती दिनारको खरिददर ५०० रुपैयाँ ०३ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ९८ पैसा, बहराइन दिनारको खरिददर ४०७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ३३ पैसा तथा ओमनी रियालको खरिददर ३९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४०० रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकका अनुसार तोकिएको यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्नेछ। वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर भने केही फरक पर्न सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिने जनाइएको छ।

Published Date: 20 July 2026
ताजा
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो
सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्ने
झ्याप–झ्याप बत्ती जाँदा भक्तपुरवासी आक्रोशित, ‘नो लाइट’ नम्बर पनि नलाग्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय